अजोड इन्स्योरेन्सले सर्वसाधारणका लागि ३० लाख कित्ता शेयर जारी गर्ने

अजोड इन्स्योरेन्सले सर्वसाधारणका लागि ३० लाख कित्ता शेयर जारी गर्ने भएको छ । इन्स्योरेन्सले सार्वजनिक सूचना निकाल्दै २५ असारमा सर्वसाधारणका लागि ३ करोड रुपैँया बराबरको ३० लाख कित्ता शेयर विक्रीका लागि खुला गर्ने जनाएको हो ।

नयाँ खुलेको अजोड इन्स्योरेन्सले पहिलो शेयर जारी गर्न लागेको हो । इन्स्योरेन्सको प्रति कित्ता सेयरको १ सय रुपैया पर्नेछ । ३० लाख कित्ता शेयर जारी गरेपछि कम्पनीको चुक्ता पूँजी एक अर्ब रुपैयाँ पुग्ने छ । शेयर खरिद गर्न खरिद कर्ताले २९ असारसम्म आवेदन दिन सक्नेछन् ।

खदिरकर्ताले थोरैमा १० कित्ता देखि धेरैमा १० हजार कित्तासम्मको शेयर खरिद गर्न सक्नेछन् । कम्पनीले ३० लाख कित्ताको ४ प्रतिशत अर्थात एक लाख २० हजार कित्ता शेयर कर्मचारीका लागि छुट्याएको छ ।

यसैगरी अर्को ५ प्रतिशत शेयर सामूहिक लगानी कोष कम्पनीहरुलाई छुट्याएको छ । बाँकी रहेको २७ लाख ३० हजार कित्ता शेयर मात्र सर्वसाधारणले पाउनेछन्। कम्पनीको शेयर बिक्रीको जिम्मा एनआइबीएल एस क्यापिटललाई जिम्मा दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *