राजीनामा मागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले निकटकाहरुसँग छलफल थाले

काठमाडौं । पार्टीभित्रैबाट राजीनामा मागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले निकटकाहरुसँग छलफल थालेका छन् । त्यसका लागि उनले बुधबार एकाबिहानै केही मन्त्री र आफु निकटका स्थायी समिति सदस्यहरु बालुवाटार बोलाएर छलफल गरेका हुन् । त्यसक्रममा उनले आगामी दिनमा कसरी अघि बढ्ने भन्नेमा परामर्श गरेको बुझिएको छ ।
मन्त्रिपरिषद बैठक बोलाएको हो भन्ने प्रश्नमा एक मन्त्रीले मन्त्रिपरिषद नभएर मन्त्री र केही नेताहरुलाई अनौपचारिक छलफल भनेर बोलाएको जानकारी दिए ।
मंगलबारको स्थायी समिति बैठका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका १७ जना नेताहरुले सरकार र पार्टी सञ्चालनमा असफल भएको भन्दै दुवै पदबाट राजीनामा मागेका थिए ।

पार्टी बैठकमा चर्को आलोचनासहित राजीनामा मागिएपछि खाना खान भनेर निस्केका ओली मंगलबारको बैठकमा पुनः फर्केनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *