होटेल ताजलाई बमले उडाउने धम्की

एजेन्सी १६ असार : भारतको मुम्बई राज्यमा रहेको होटेल ताजलाई बमले उडाउने धम्कीपूर्ण टेलिफोन आएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेको छ। धम्कीपूर्ण टेलिफोनको विषयलाई मध्ये नजर राखी त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

             पाकिस्तानबाट सुल्तान नाम बताउने एक पुरुषले गएराती दुई पटक फोन गरी होटल उडाउने धम्की दिएको हो । कराची स्टाक एक्सचेन्जमा भएको आतंककारी हमला भएको सबैले देखेको र अब ताज होटलमा २६र११ जस्तै हमला एक दिन पुनः हुनेछ भन्ने विषय सम्बदमा व्यक्त गरेको खुलेको छ।

             यस्ता प्रकारका धम्कीपूर्ण कल दुई पटक सम्म आएपछि मुम्बई प्रहरीले यसलाई गम्भिर रुपमा लिई होटलको सरक्षा व्यबस्था कडा गरेको जनाइएको छ। मुम्बईको अधिकांश क्षेत्र हरु माथि कडा निगरानीका बम स्क्वार्ड समूह समेत खटाईएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *