पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। भारतबाट आउने मूल्यसूची बढेर आएकाले सोअनुसार समायोजन गरिएको निगमले जनाएको छ।

निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढेको छ। त्यस्तै मट्टितेल र डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढेको छ।

बढेको मूल्य आज राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ।

काठमाडौंमा अब पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ पर्नेछ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम भएको छ।

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ।

चारआली, बिराटनगर, महेन्द्रनगर, वीरगन्ज, अमलेखगन्ज, भलवारी, नेपालगञ्ज, धनगढी डिपोबाट १५ किलोमिटरको दूरीभित्र पेट्रोलको खुद्रामूल्य प्रतिलिटर ९९ रुपैयाँ ५० पैसा, डिजेल/मट्टितेलको ८५ रुपैयाँ ५० पैसा पर्नेछ।

त्यस्तै पोखरा र दाङ डिपोबाट १५ किलोमिटर दूरीभित्र पेट्रोलको मूल्य प्रतिलिटर १ सय रुपैयाँ ५० पैसा, डिजेल/मट्टितेलको ८६ रुपैयाँ ५० पैसा पर्नेछ।

थनकोट, सुर्खेत र दिपायल डिपोबाट १५ किलोमिटर दूरीसम्मको क्षेत्रमा पेट्रोल प्रतिलिटर १०१ रुपैयाँ, डिजेल/मट्टितेल ८७ रुपैयाँ पर्ने निगमले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *