घरमा लुकाई राखेको बम विष्फोट

इलाम : इलामको देउमाई नगरपालिका ४ का दिलबहादुर श्रेष्ठले घरमा लुकाई राखेको बम विष्फोट हुँदा उनका छोरा मौषम श्रेष्ठ गम्भीर घाइते भएका छन् ।

गएराति देउमाई नगरपालिका ४ का दिलबहादुर श्रेष्ठले द्वन्द्वकालका समयदेखि लुकाई राखेको सकेट बम २५ वर्षीय छोरा मौषमले झिकेर खेलाउने क्रममा बिष्फोट भएको हो । उनले खेलाउँदै गरेको बम विष्फोट हुँदा मौषमका दुवै हातका औंला चुडीएको र आँखामा पनि समस्या रहेको देखिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *