काभ्रेमा बोधिचित्त लुटपाट,प्रहरीको हतियारधारी समूहसँग जम्काभेट, प्रहरीले गोली चलायो

१२ असार, काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–३, सिपालीमा प्रहरीले गोली चलाएको छ ।

बोधिचित्त लुटपाट भएको सूचना आएपछि गाउँमा पुगेको प्रहरीको हतियारधारी समूहसँग जम्काभेट भएको थियो । त्यसक्रममा गोली चलेको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले अनलाइनखबरलाई बताए ।

उनले भने, ‘बाटोमा बम जस्तो देखिने वस्तु पनि राखेको भनिएको छ । विस्तृत जानकारी आइसकेको छैन ।’

काभ्रेका प्रहरी प्रमुख एसपी रवि पौडेलले घटनामा पाँच जना घाइते भएको बताएका छन् । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

‘लुटेरा समूहको कुटपिटबाट उनीहरु घाइते भएका हुन्’, पौडेलले , ‘प्रहरीलाई छेक्न बाटोमा बम राखिएको रहेछ, त्यसैले उनी समातिएनन् ।’

मध्यराति भएका घटनामा संलग्न केहीको पहिचान भइसकेको उनको भनाइ छ । खोजी कार्य थालिएको पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *