उपत्यकामा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरका ९ जनामा कोरोना संक्रमण देखिएको पुष्टि गरेका हुन्। पाटन अस्पताल ललितपुरमा गरिएको परिक्षणमा काठमाडौंका २ पुरुष, २ महिला, ललितपुरका एक पुरुष र त्रिभुवन विश्व विद्यालय महाराजगञ्जमा गरिएको परिक्षणमा भक्तपुरका एक महिला र ३ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमित ९ जनाको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको मन्त्रालयले जनाएको छ। योसंगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या ११ हजार १६२ पुगेको छ । जसमा २ हजार ६ सय ५० जना निको भएर घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *