पाटन अस्पतालमा उपचाररत एक पुरुषको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण मृत्यु

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएको छ ।

चितवन स्थायी घर भएका ५० वर्षीय पुरुषको बिहीबार विहान मृत्यु भएको अस्पतालले जनाएको छ ।

अस्पताल स्रोतका अनुसार चितवन घर भएका उनको केही महिना अगाडिमात्रै मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

उनमा कोरोना संक्रमणको पुष्टि भएपछि केही दिनयता पाटन अस्पतालको आइसोलेसन सेन्टरमा उपचार भइरहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *