काठमाडौंमा चक्कु प्रहार गरी पत्नी हत्या आरोपमा एकजना पक्राउ

काठमाडौं । काठमाडौंमा चक्कु प्रहार गरी पत्नी हत्या आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा टोखा नगरपालिका ३, बानियाँटार हाइट बस्ने ४३ वर्षीय कृष्णहरि बानियाँ छन् ।
उनले ४० वर्षीया पत्नी सलिना बानियाँ खड्कालाई धारिलो चक्कु प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । महानगरीय प्रहरी प्रभाग गोंगबुबाट र महानगरीय प्रहरी वृत्त महाराजगन्जबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
