६२९ थप जनामा कोरोना संक्रमित पुष्टि

0
89

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६२९ थप जनामा कोरोना संक्रमित पुष्टि भएको छ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मनत्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप जनामा कोरोना पुष्टि भएको जानकारी दिए।

पछिल्लो २४ घण्टामा ६८२८ आरटीपीसीआर परीक्षण गरिएकोमा ६२९ जनामा कोरोना पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १०७२८ पुगेको छ।

त्यस्तै पछिलो २४ घण्टामा ८ महिला १०६ गरी ११४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। योसँगै नेपालमा उपचारपछि १९७ र २ हजार १४१ गरी २ हजार ३३८ जना निको भएर घर फर्किसकेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here