सुनको मूल्य अहिले सम्मकै उच्च

0
76

सुनको मूल्य अहिले सम्मकै उच्च भएको छ । बुधबार छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार छापावाला सुनको मूल्य तोलामा ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनको मूल्य तोलामा ५ सय ५ रुपैयाँले बढेर ९० हजार ६ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार तेजाबी सुनको मूल्य तोलामा ९० हजार १ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, तोलामा ५ रुपैयाँले बढेर चाँदीको मूल्य ९ सय ४५ रुपैयाँ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here