एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) खुला

काठमाडौं । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाले आज (असार १० गते) देखि साधारण सेयर (आईपीओ) खुला गरेको छ ।

४७ करोड ५५ लाख रुपैयाँको ४७ लाख ५५ हजार कित्ता साधारण सेयर खुला गरेको छ । प्रति कित्ता एक सय रुपैयाँका दरले साधारण सेयर बिक्री खुला गरेको हो ।

क्बलष्mब द्यबलप एचष्यचष्तथ एबकक क्ष्लत्रगष्चथऋष्तष्शभल षिभ क्ष्लकगचबलअभ
उक्त कम्पनीको आइपीओमा न्यूनतम १० देखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सकिनेछ । आवेदन दिनको लागि असार १० देखि १४ गतेसम्म आवेदन दिन सक्नेछ । यो अवधिमा माग बमोजिम आवेदन नपरेको खण्डमा असार २४ गतेसम्म बिक्री खुला हुनेछ ।

लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सक्नेछन् भने मेरो सेयर प्रयोगकर्ताले मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

यसको बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । एनआइसी एसिया लघुवित्त वित्तीय संस्थालको साधारण सेयरलाई केयर रेटिङ नेपालले औषत भन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ तोकेको छ ।

लघुवित्त क्षेत्रमा यति ठूलो रकमको आईपीओ अहिलेसम्म कुनै पनि संस्थाले जारी गरेका थिएनन् । यो नै ठूलो आईपीओ हो । संस्थाको कुल निष्काशनमध्ये ७४ हजार कित्ता कर्मचारी, २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोष र ४४ लाख ४३ हजार २०० कित्ता सेयर सर्बसाधारणलाई निष्काशन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *