झापामा १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

दमक। झापामा १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । झापाका ४ पालिकाका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज संक्रमण पुष्टि भएकाहरुमा सबै भन्दा बढी बुद्धशान्ति गाउँपालिकाका रहेका छन् । बुद्धशान्तिमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य साखा प्रमुख भोला अधिकारीले जानकारी दिनु भयो । संक्रमित मध्ये कुबेतबाट आएका ३ महिला छन भने भारतबाट आएका ३ पुरुष छन् ।

यता बिर्तामोड नगरपालिकाका २ जना पुरुषमा संक्रमण देखिएको छ । ओमनबाट आएका एक जना स्थानीय क्वारेन्टाइनमा बसेका थिए भने एक जना भारतको चेन्नईबाट फर्किएका हुन् । चेन्नईबाट फर्किएका होम क्वारेन्टाइनमा रहेका थिए ।

उता मेचीनगर नगरपालिकामा ३ जना महिलामा संक्रमण देखिएको छ । संक्रमित हुनेमा २ जना कुबेतबाट अएका र एक जना भारतको आसामबाट आएको पालिकाको उपप्रमुख मिना पोखरेल उप्रेतीले जानकारी दिनुभएको छ । त्यस्तै हल्दिबारी गाउँपालिकाका दुई जना महिलामा संक्रमण देखिएको छ । उनीहरु कुबेतबाट फर्किएका हुन् । योसँगै झापामा कूल संक्रमितको संख्या २ सय ५ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *