नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार ९९

काठमाण्डौं। नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १० हजार ९९ पुगेको छ।
पछिल्लो २४ घण्टामा थप ५ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १० हजार ९९ पुगेको हो।

आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले देशभरका परीक्षण केन्द्रमा गरिएको परीक्षणमा ५ सय ३८ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताउनु भयो।

त्यस्तै पछिल्लो २४ घण्टामा ८ महिला र ६८ पुरुष गरी ७६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसँगै ८९ महिला २ हजार ३५ पुरुष गरी २ हजार २ सय ३४ जना डिस्चार्ज भएर घर फर्किएको पनि प्रवक्ता गौतमले जानकारी दिनुभयो।अहिलेसम्म कोरोना संक्रमणबाट २४ जनाको मृत्यु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *