होम क्वारेन्टाइनमा बस्दै आएका ३१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि

दमक। झापाको दमकमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दमक नगरपालिका वडा नम्बर ४ मा घरमै होम क्वारेन्टाइनमा बस्दै आएका ३१ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । उनमा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका जन स्वास्थ्य निरीक्षक बद्री बरालले सवाल नेपाललाई जानकारी दिनु भयो ।

उनी केहिदिन अघि श्रीमतीको उपचार गरि भारतको दिल्लीबाट स्वदेश फर्किका थिए । श्रीमती विरामी भएकै कारण उनलाई घरमै होम क्वारेन्टाइनमा बस्न दिइएको थियो ।

केहि दिन अघि मात्र कुवेतबाट आएर दमकको मदन भण्डारी प्रतिष्ठानको महिला क्वारेन्टाइनमा बस्दै आएकी एक महिलामा पनि संक्रमण पुष्टि भएको थियो ।

योसँगै दमकमा अहिले सम्म कोरोना संक्रमण हुनेको संख्या ३ पुगेको छ । यद्यपी पहिलो संक्रमित भने कोरोनालाई जितेर घर फर्किसकेका छन् । उनी दमक ३ का हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *