लागूऔषध ब्राउन सुगरसहित झापामा तीन जना पक्राउ

0
122

असार ८ (झापा) / लागूऔषध ब्राउन सुगरसहित झापामा तीन जना पक्राउ परेका छन्। जिल्लाको कमल गाउँपालिका(५ स्थित पाडाजुंगी (गौरीगन्ज) सडकखण्डबाट उनीहरूलाई ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

प्रहरीका अनुसार पक्राउ पर्नेमा कमल गाउँपालिका(५ बस्ने २० वर्षीय दीपेश थापा, झापा गाउँपालिका(४ बस्ने २१ वर्षीय सेराज अली र सोही ठाउँका २३ वर्षीय अनन्तप्रसाद गणेश रहेका छन्। मे ११ प ६५४६ र बा ४४ प ९७८५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरोले पक्राउ गरेको हो।

काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार बेलुका उनीहरूलाई पक्राउ गरेको डिएसपी थापाले बताए। पक्राउ परेकाको साथबाट प्रहरीले प्लास्टिकको पोकोमा लुकाइछिपाइ राखिएको २८ ग्राम ९७ मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ। थप अनुसन्धानका तीनैजनालाई लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ। उनीहरू कारोबारी वा प्रयोगकर्ता भन्ने पत्ता लगाउन प्रहरीले अनुसन्धान थालेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here