बैंग्लोरबाट आएर क्वारेन्टिनमा बसेका एक युवकले आत्महत्या गरे

0
145

बझाङ – बझाङको छबिसपाथिभेरा गाउँपालिका–७ मजखोरी माध्यामिक विद्यालयमा निर्माण गरिएको क्वारेन्टिनमा एक युवकले आत्महत्या गरेका छन् ।

गएराति सोही वडाको बुडखोरीका ३० वर्षीय १ युवकले झुण्डिएर आत्महत्या गरेका हुन् ।

उनी ३ दिन अघि मात्र भारतको बैंग्लोरबाट आएर क्वारेन्टिनमा बसेका थिए । वडा नम्बर ७ का अध्यक्ष पदम मण्डेलका अनुसार उनी ६ गतेदेखि क्वारेन्टिनमा बसिरहेका थिए । तर गएराति अचानक उनी झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परेका थिए ।

वडाध्यक्ष मण्डेलका अनुसार पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गर्न सदरमुकामबाट स्वास्थ्यकर्मीको टोली घटनास्थलतर्फ आइरहेको छ । आत्महत्या गरेका युवकको आरडीटीसमेत गर्न बाँकी थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here