बंगलादेशी क्रिकेटर मोसरफ मोर्ताजालाई कोरोना भाइरसको संक्रमण

काठमाडौं । बंगलादेशी क्रिकेटर मोसरफ मोर्ताजालाई कोरोना भाइरस (कोभिड(१९) को संक्रमण भएको छ ।

३६ वर्षीय मोर्ताजाले गत साता कोरोना परिक्षण गराएको थिए र उनलाई कोरोना पोजेटिभ देखिएको हो । उनका भाइ मोर्सालिन मोर्ताजाले दाइलाई कोरोना संक्रमण भएको बताएका हुन् ।

सांसद समेत रहेका उनी हाल राजधानी ढाकामा छन् र, सेल्फ आइसोलेसनमा बसेका छन् ।

मोर्ताजा कोरोना महामारीको समयमा विभिन्न मानवसेवामा खटिएका थिए । विशेषगरी उनले आफ्नो होमटाउन नाराइलमा सहयोग गरेका थिए ।

बंगलादेशमा एक लाख भन्दा बढीमा कोरोना संक्रमण छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *