दोहाबाट १४९ जना नेपालीहरु काठमाडौं प्रस्थान

७ असार, दोहा । कतारको दोहाबाट आइतबार १४९ जना नेपालीहरु काठमाडौं प्रस्थान गरेका छन् ।

कोभिड १९ बाट सिर्जित असहज परिस्थितिका कारण समस्यामा परेकाहरुलाई उद्धार गर्ने क्रममा आइतबार पहिलो चरणमा १४९ जना नेपालीहरु काठमाडौं प्रस्थान गरेको दोहास्थित नेपाली दूतावासले जनाएको छ ।

नेपाल एयरलाइन्सको २३९२ को उडानबाट उनीहरु काठमाडौं प्रस्थान गरेका हुन् । सो उडानमा २९ जना सुत्केरी÷गर्भवतीसहित ८२ जना महिला, ३ जना नाबालक र ६४ जना पुरुष रहेको नेपाली दूतावासले जनाएको छ ।

उनीहरूलाई दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा राजदूत नारदनाथ भारद्वाज, दूतावासका कर्मचारीलगायतले विदाई गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *