सडक तथा फुटपाथमै सुतेर विरोध प्रदर्शन

0
189

काठमाडौं । सरकारको विरोधमा युवाहरुले शनिबार पनि प्रदर्शन गरेका छन् । शनिबार राजधानीको शहिदगेट क्षेत्रमा भेला भएका युवाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति र कार्याशैलीको विरोध गर्दै सडक तथा फुटपाथमै सुतेर विरोध प्रदर्शन गरेका हुन् ।

सरकारको विरोधमा स्वस्फुर्त आन्दोलनमा उत्रिएका युवाहरुले सडकमा लाचार जनताको पीडा देखाउन सडकमा सुतेर प्रदर्शन गरेका हुन् ।

सो क्रममा उनीहरुले कोरोना नियन्त्रणमा सरकार उदाशिन बनेको, स्वास्थ्य सामग्री खरिदमा अनियमितता गरेको, बेसारको महिमा गाएर सरकारले कामचाहिँ नगरेको भन्दै असन्तुष्टि जनाउने प्लेकार्ड समेत बोकेका थिए ।

Photo: Facebook

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here