एकैपटक ४२६ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ८ हजार २७४

काठमाडौं । नेपालमा आज (शुक्रवार) एकैपटक ४२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ८ हजार २७४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले नेपालमा आज एकैपटक ४२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार आज भेटिएका संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् ।

नेपालमा कोरोना भाइरसको महामारीका कारण अहिलेसम्म २२ जनाको मृत्यु भएको छ भने १ हजार ४०२ जना स्वास्थ्योपचार पछि निको भएका छन् । आज मात्रै नेपालमा कोरोनालाई जितेर घर फर्किनेको संख्या २१६ रहेको छ ।

यसैबीच नेपालमा हिजो (बिहीवार) एकैपटक ६७१ जना संक्रमित थपिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *