कोरोनाबाट मृत्यु हुनेको संख्या २१

कैलाली कोरोना भाइरस को संक्रमणबाट नेपालमा थप एकको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ । कैलालीको लम्की चुहाकी ४३ बर्षीया महिलामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

उनलाई आइतबार न्यूरोसम्बन्धी समस्याका कारण नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर भर्ना गरिएको थियो । उनको सर्जरी गर्नुअघि पीसीआर टेष्ट गर्न स्वाब संकलन गरिएको थियो । बधुबार उनको निधन भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *