मेलम्चीको पानी परीक्षणको काम असारमै हुने

File photo of Melamchi Drinking Water project tunnel.

काठमाडौ । खानेपानीमन्त्री बीना मगरले मेलम्चीको पानी परीक्षणको काम असारमै हुने बताएका छन् । राष्ट्रियसभाको आज बसेको बैठकमा सांसदहरुको प्रश्नको उत्तर दिँदै मन्त्री मगरले असारमा परीक्षण सकिएपछि पानी काठमाडौँ झारिने बताए । पानी वितरणका लागि आवश्यक व्यवस्थापनको काम आयोजना कार्यान्वयन निर्देशनालयले गरिरहेको छ । पानीको वितरण काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले नै गर्ने भन्दै मन्त्री मगरले पानी घरघरमा पुग्ने कुरामा शङ्का नगर्न पनि बताए ।

अहिले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को प्रकोपबीच पनि पहिलो चरणको आधारभूत काम सम्पन्न हुने क्रममा रहेको छ । ‘सबै चुनौती भए पनि आगामी आवको शुरुमा पानी वितरण गरिनेछ, त्यो दिन सबै नेपालीको गौरवको दिन हुनेछ’, मन्त्री मगरले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *