भारतीय सैनिकले दुई पक्षीय सहमतिको गम्भीर उल्लंघन गरे:चीन

एजेन्सी । चीनले सीमा क्षेत्रमा भारतीय सैनिकले दुई पक्षीय सहमतिको गम्भीर उल्लंघन गरेको जनाएको छ । गएराती लद्दाखको गल्वान भ्याली क्षेत्रमा भारतीय सैनिकले सहमति उल्लंघन गरेर चिनियाँ सेनामाथि आक्रमण गरेको र चिनियाँ सेनालाई उत्तेजक बनाएको आरोप चीनले लगाएको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भनेका छन्, ’भारतीय सैनिकले दुई पक्षीय सहमितको उल्लंघन गरेर चिनियाँ सेनामाथि उत्तेजक आक्रमण गरेको थियो । त्यसको परिणामस्वरुप गम्भीर शारीरिक झडप भएको थियो । जहाँ तीन भारतीय सैनिकको मृत्यु भएको छ ।’

विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले चीनले भारतीय पक्षसँग गम्भीर हुन आग्रह गरेको र भारतीय सैनिकलाई नियन्त्रणमा राख्न आग्रह गरेको बताएका छन् । उनले सीमा क्षेत्र पार नगर्न चेतावनी दिएका छन् ।

चीनले भारतसँगको विवाद सुधार गर्न र सीमा क्षेत्रमा शान्ति कायम गर्न वार्ताको माध्यमबाट दुईपक्षीय मुद्दाहरुको समाधानमा जोड दिएको ग्लोबल टाइम्सले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *