२४ घण्टामा नेपालमा ४५१ जना कोरोनाभाइरस संक्रमित थपिए, काठमाडौं उपत्यकामा थप ५ जना कोरोना संक्रमित

काठमाडौं । बितेको २४ घण्टामा नेपालमा ४५१ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । जसमा ३५ महिला र ४१६ जना पुरुष रहेका छन् ।

सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ३५ महिलासहित ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

यससँगै नेपालमा कोरोना संक्रमतिको संख्या ६२११ पुगेको छ ।

बितेको २४ घण्टामा थप ६७ जना संक्रमणमुक्त भएका छन् । जसमा ७ महिला र ६० पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना जित्नेको जम्मा संख्या १०४१ पुगेको गौतमले जानकारी दिए ।

काठमाडौं उपत्यकामा सोमबार थय ५ जना कोरोना संक्रमित भेटिएका छन् । यो संगै काठमाडौंमा संक्रमितको संख्या ३० पुगेको छ जस्मा २४ जना निको भैसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंका दुई पुरुष र दुई महिला तथा ललितपुरको एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभर ४ सय ५१ जनामा जनामा कोरोना संक्रमण पुष्टि भएको छ । थप संक्रमित संगै हालसम्म ६२ सय ११ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *