क्रिकेटर एवं पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदी कोरोना संक्रमित

क्रिकेटर एवं पाकिस्तानका पूर्वकप्तान साहिद अफ्रिदी कोरोना संक्रमित भएका छन् । अफ्रिदी स्वयंले सामाजिक सञ्जालमा आफू कोरोना भाइरसबाट संक्रमित भएको खुलासा गरेका हुन् ।

कोरोना महामारीको वेलामा अफ्रिदी राहत वितरणमा सक्रिय थिए । राहत वितरण वेलामा पनि उनले प्रशस्तै सावधानी भने अपनाएका थिए । तैपनि उनमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो तीन दिनदेखि सन्चो नभएको र शरीर दुखेको उनले सामाजिक सञ्जालमा लेखेका छन् । उनी भन्छन्, ‘बिहीबारदेखि मलाई सन्चो छैन, शरीर पनि निकै दुखेकोे छ । सन्चो नभएपछि अस्पताल गएर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो ।’ रगत परीक्षण गराउँदा रिपाेर्ट कोरोना पोजेटिभ आएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *