एकैपटक २७३ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ५ हजार ३३५

काठमाडौं । नेपालमा आज (शनिवार) एकैपटक २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५ हजार ३३५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा. डाक्टर जागेश्वर गौतमले नेपालमा आज एकैपटक २७३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार आज भेटिएका कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु सबै चिकित्सकको निगरानीमा रहेका छन् ।

यसैबीच नेपालमा कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको कुल संख्या १८ पुगेको छ भने कोरोना भाइरसको उपचार पछि निको भएर घर फर्किनेको संख्या नेपालमा ९१३ पुगेको छ ।

आज मात्रै नेपालमा ३६ जनाले कोरोना विरुद्धको लडाई जितेर घर फर्किएका छन् ।

यसैबीच नेपालमा हिजो (शुक्रवार) ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *