सशस्त्र प्रहरी बलको पोष्टमा भारतीय समूहले आक्रमण ,एक जनाको मृत्यु , २ जना घाइते

काठमाडौं । सर्लाहीमा सशस्त्र प्रहरी बलको पोष्टमा भारतीय समूहले आक्रमण गरेकाे छ । आज (शुक्रबार) बिहान नेपालतर्फ प्रवेश गर्न खोज्ने भारतीयलाई सशस्त्र प्रहरीले रोकेपछि उनीहरुले पोष्टमै आक्रमण गरेका हुन् ।

भारतीय समूहले आक्रमण गरेपछि त्यसलाई रोक्न सशस्त्र प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली चलाउँदा भारतीय समूहतर्फका एक जनाको मृत्यु भएको छ , २ जना घाइते भएका छन् ।

सशस्त्र प्रहरीले रोक्न खोज्दा भारतीय पक्षले आक्रमण गरेको र हतियार खोस्न आएपछि फायरिङ भएको सशस्त्र प्रहरी बलका प्रवक्ता डिआइजी प्रवीण श्रेष्ठले जानकारी दिनुभयाे । सर्लाहीको संग्रामपुर बीओपीमा सुरक्षामा रहेका सशस्त्र प्रहरी बलमाथि आक्रमण भएको उहाँले बताउनु भयाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *