डिजिटल सिरिज आर्याबाट सुस्मिता सेनको कमब्याक

बलिउड नायिका सुस्मिता सेन ‘आर्या’ नामक डिजिटल सिरिजबाट अभिनयमा कमब्याक गर्दैछिन् । सुस्मिताले यो सिरिज गत वर्ष नै साइन गरेकी थिइन् । अहिले उनी यो सिरिजको प्रचारमा व्यस्त थिइन् ।

तर यो सिरिजको पहिलो रोजाइमा भने सुस्मिता थिइनन् । यसको निर्माणपक्षले नायिका काजोललाई अफर गरेको थियो । काजोलले यो भूमिकालाई निकै रुचाएकी पनि थिइन् । काम गर्नका लागि राजी भएकी काजोलले अन्तिम समयमा आएर समय अभावका कारण यो सिरिजमा काम गर्न सकिनन् ।

सुरुवातमा यसको निर्माणपक्षले ‘आर्या’लाई चलचित्रको रुपमा नै बनाउने तयारी गरेको थियो । तर जब हटस्टारको टिमले यो विषयमा मन बनायो, यसपछि यसको निर्माणपक्षले सिरिज बनाउने निर्णय ग¥यो ।

यो सिरिजलाई राम माधवानीले निर्देशन गर्दैछन् । रामका अनुसार, यसको शीर्ष भूमिकामा बलियो अभिनय गर्ने महिला कलाकारको आवश्यकता थियो । काजोलको समय नमिलेपछि सुस्मितालाई अफर गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *