प्याकिङ र टेक अवे सेवा दिने गरी रेस्टुरेन्ट खुला गर्न दिइने

काठमाडौं : सरकारले सशर्त रेष्टुरेण्ट खुला गर्न दिने भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्याकिङ र टेक अवे सेवा दिने गरी रेस्टुरेण्टहरु खुला गर्न दिने भएको निर्णय गरेको हो ।

सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री डा. युवराज खतिवडाले प्याकिङ र टेक अवे सेवा दिने गरी रेस्टुरेन्ट खुला गर्न दिइने जानकारी दिए । रेष्टुरेण्टमै बसेर खान भने पाइने छैन । त्यस्तै मन्त्री डा खतिवडाले होटल तथा नाइट क्लबहरु भने खुल्न नदिइने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *