गाडीमा चालकबाहेक थप दुई जना , मोटरसाइकलमा एकजना मात्रै

0
172

अब निजी गाडीमा चालकबाहेक थप दुई जना मात्रै सवार हुन पाइने भएको छ।

मन्त्रिपरिषद बैठकले गरेका निर्णय बिहीबार सार्वजनिक गर्दै अर्थ, सूचना तथा संचार प्रविधि मन्त्री एवम् सरकारका प्रवक्ता युवराज खतिवडाले यस्तो जानकारी गराएका हुन्।

निजी सवारीसाधन जोर-बिजोर प्रणालीबाट सञ्चालन हुने छन्। यस्ता सवारीसाधन काठमाडौंका हकमा उपत्यकाभित्र र बाहिर एक जिल्लाभित्र मात्रै सञ्चालन हुन पाउने छन्।

त्यस्तै साइकल र मोटरसाइकल पनि सञ्चालन हुन पाउने छन्। साइकल तथा मोटरसाइकलमा एकजना मात्रै अर्थात चलाउनेमात्रै सवार हुनुपर्नेछ।

लकडाउनलाई खुकुलो बनाउँदै लैजाने रणनीतिअनुरूप पहिलो चरणमा सरकारले यस्तो व्यवस्था गरेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here