बार्यन म्यनुिख जर्मन कप फुटबलको फाइनलमा

२९ जेठ काठमाडौं । बार्यन म्यनुिख जर्मन कप फुटबल डिएफबी पोकपको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको दोस्रो सेमिफाइनलमा बुण्डसलिगाकै क्लब एनट्राट फ्राङ्कफुर्टलाई २(१ दे पाजित गर्दै लिग लिडर बायर्न उपाधि नजिक पुगेको हो ।

बायर्नले अब उपाधिका लागि जुलाई ४ मा बर्लिनमाको ओलम्पिक स्टेडियममा हुने खेलमा बायर लेभरकुजनसंग प्रतिस्पर्धा गर्नेछ । लेभरकुजनले पहिलो सेमिफाइनलमा सारब्रुकेनलाई पराजित गरेको थियो ।

घरेलु मैदानमा भएको खेलमा बायर्नका लागि इभान पेरिसिक र रोवर्टो लेवान्डवस्कीले गोल गरे ।

खेलको १४औं मिेटमा पेरिसिकले गोल गर्दै घरेलु टोली बायर्नलाई अग्ता दिलाएका थिए । पहिलो हाफमा बायर्नले १(० को अग्रता कायमै राख्यो । ६९औं मिनेटमा ड्यानी डा कवस्टाले फ्राङ्कफुर्टका लागि बराबरी गोल फर्काएका थिए । तर पाँच िनेटपछि नै लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई २(१ को अग्रता दिलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *