मदन गोपालले गीतकार रत्न शमशेर थापाको गीत गाएर दिए सांगीतिक श्रद्धाञ्जली

0
237

काठमाडौं– वरिष्ठ गीतकार रत्न शमशेर थापाको निधन भएको आज १३ दिन भयो ।

१३ दिनअघि उपचारकै क्रममा उहाँको निधन भएको थियो ।

नेपाली सांगीतिक क्षेत्रलाई थुप्रै लोकप्रिय गीत दिएर जानु भएका गीतकार थापा नेपाली स्रोताको मनमा सधैं अमर रहनु हुनेछ ।

यसैबीच श्रद्धेय थापाको निधन भएको १३ दिनको दिन पारेर गायक तथा संगीतकार मदन गोपालले गीतकार थापाकै एउटा गीत गाएर उहा“प्रति सांगीतिक श्रद्धाञ्जली दिएका छन् ।

गायक मदन गोपालका अनुसार कवि तथा गीतकार रत्न शमशेर थापा दिवंगत हुनु भएको १३ औं दिनको पूण्य तिथिको दिन उहाँप्रति श्रद्धा सुमान स्वरुप उहाँकै गीत पुनः रेकर्ड गरिएको हो ।

गायक मदन गोपाल भन्छन्( ‘गीतका थापाको शब्द तथा स्वर सम्राट नारायण गोपालको स्वर अनि संगीत रहेको ‘मधुमासमा यो दिलको बाग नफुलिकन उजाड भो‘’ गीत गाएर दुबै श्रष्टाहरुलाई सम्झिएको छु ।’

संगीत प्रशिक्षकको रुपमा समेत स्थापित भैसकेका गायक तथा संगीतका मदन गोपालले कवि तथा गीतकार थापासंग उक्त गीत गाउन उहाँ जीवित हु“दै स्वीकृत लिएका थिए ।

‘आज उहाँलाई उहाँकै गीत सुनाउन नपाएकोमा असाध्यै दुःख लागेको छ’, मदन गोपाल भन्छन् – ‘उहाँको आत्माको चीर शान्तिको कामना व्यक्त गर्दछु ।’

सुशान्त गजुरेलको संगीत संयोजन, रेकर्ड, मिक्सिङ तथा मास्टर रहेको उक्त गीतको भिडियोमा बिनय दाहालको मोसन ग्राफिक्स छ ।

म्युजिक नेपालको यूट्युब च्यानलबाट उक्त गीतको भिडियो सार्वजनिक भएको हो ।

यस्तो छ उक्त गीतको भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here