लकडाउन उल्लंघन गर्दै पसल खोलियो,न्युरोड क्षेत्रमा तनाव

काठमाडौँ । लकडाउन उल्लंघन गर्दै पसल खोलेको भन्दै प्रहरीले बन्द गर्न खोज्दा व्यापारीहरुले नमानेपछि न्युरोड क्षेत्रमा तनाव भएको छ ।

मंगलबार बिहान सो क्षेत्रका पसलहरु खुलेपछि प्रहरीले व्यापारीहरुलाई नखोल्न निर्देशन दिँदै हिँडेको थियो ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका महासचिव टेकबहादुर शाक्यले प्रहरीले पसल बन्द गर्न दवाव दिएपछि तनाव भएको बताए ।

स्थानीयका अनुसार प्रहरीले पसल बन्द गर्न दिएको निर्देशन व्यापारीहरुले नमानेपछि झडपको स्थिति आएको थियो । तनावपछि न्युरोड गेट, रन्जना गल्ली आसपासमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

व्यापारीहरुले लामो लकडाउनले समस्यामा परेको भन्दै लकडाउन उल्लंघन गरेर केही दिनयता पसल खोल्दै आएका छन् ।

source:Ratopati

Leave a Reply

Your email address will not be published. Required fields are marked *