रुपन्देहीमा सामूहिक हत्याकाण्ड

रुपन्देही / रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० मैनहवा गाउँमा रहेको गंगादेवी पशु फर्मम कार्यरत एक व्यक्तिले आफ्नै पाँच जना साथीको हत्या गरेका छन् । स्थानीय कृष्णबहादुर पुनको पशु फर्ममा काम गर्ने सुर्खेतका झसेन्द्र सिंजालीले आफुसँगै काम गर्ने साथीहरुको हत्या गरेका हुन् ।

चार जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय जानकी मुसहर, पोखराज मुसहर, करन चौधरी, आशिस चौधरी र रुपन्देही मुर्गियाका माधव मुसहर रहेका छन् ।

मदिरा सेवन गरेका झसेन्द्रले कोदालो प्रहार गरी पाँचै जनाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । हत्यामा सग्लन सिंजालीलाई प्रहरीले तिलोत्तमा दशवाट पक्राउ गरेको छ । हत्याको कारण खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *