लकडाउनमा पशुपंछीहरुको सहयोगी हातहरु

ललितपुर, जेठ २४ गते : विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को जोखिमबाट बच्न देश यतिबेला लकडाउनमा छ। आज लकडाउनको ७५ दिन भइसकेको छ। लकडाउनका कारण नेपालीहरूको जीवन अस्तव्यस्त बनेको छ। यसले मानिसको जनजीवन त प्रभावित भएकै छ साथमा पशुपक्षीलाई समेत ठुलो असर पुगेको छ।

बाहिर वातावरणमा हुने गतिविधि ठप्प छन्। मानिसको आवतजावत बन्द भएको र खाना पाक्ने तथा दिने अवस्था नभएपछि पशुहरु भोकभोकै परेका छन्। अहिले पेट भर्न पशुहरु संघर्ष गर्दैछन्।

पशुहरुको यस्तो दयनीय अवस्था देखेपछि सानेपा, ललितपुरका स्थायी वासिन्दा कृष्ण खड्गी र उर्मिला खड्गी सडकका पशुहरुलाई खाना खुवाउन निस्किएका छन्। उहाँहरुले दैनिक रूपमा यस्ता पशुहरुलाई खाना खुवाउन थाल्नुभएको छ। यसरी खाना खुवाउन पाउँदा आफूहरुलाई खुशी र सन्तुष्टि मिल्ने कुरा खड्गी दम्पत्ति बताउँछन्। यसरी लकडाउन अवधिभर निरन्तर खाना खुवाउने अभियान रहने उहाँहरुले बताउनुभएको छ।

धन्यवाद छ यस्ता सहयोगी हातहरुलाई जसले विपद्को घडीमा पशुहरुको सक्दो सेवा गरिरहनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *