कपिलवस्तुमा आज थप चारजनामा कोरोना संक्रमणको पुष्टि

कपिलवस्तुमा आज थप चारजनामा कोरोना संक्रमणको पुष्टि भएको छ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकल पर्सन कुमार थापाले आज थप चारजनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए।
उनका अनुसार कपिलवस्तुको बुद्धभुमि नगरपालिकाको वडा नम्बर ५ का १९ र २९ वर्षीय पुरुष र वडा नम्बर ६ का २३ र ३६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो। योसहित कपिलवस्तुमा कोरोना संक्रमितको संख्या ४७९ पुगेको छ।
