तीन महीनापछि स्विट्जरल्यान्डका रिसोर्टहरू खुल्न थाले

तीन महीनापछि स्विट्जरल्यान्डका रिसोर्टहरू खुल्न थालेका छन्। तर, मानिसहरूबीच अनिवार्य दुई मिटरको दूरी कायम गर्नुपर्ने नियम बनाइएको छ।

जेनेभा। गत मार्चमा युरोपमा कोरोना भाइरस फैलिएको आएलगत्तै स्विट्जरल्यान्डको ‘स्की’ बीचमै रोकियो। त्यतिबेला आल्प्स पर्वतमालामा भरखरै हिमपात शुरु भएको थियो।

त्यसपछि त्यस क्षेत्रका होटेलहरू रातारात खाली भए। केबल कार र पर्वतीय रेलसेवा जहाँ त्यहीं रोकियो।

स्विट्जरल्यान्डका बासिन्दा र विदेशी पर्यटकले स्किइङको आनन्द उठाउन सकेनन्। त्यसका कारण त्यस क्षेत्रमा बसोबास गर्ने मानिसले ठूलो आर्थिक नोक्सानी व्यहोर्नु प¥यो।

तर, तीन महीनापछि स्विट्जरल्यान्डका रिसोर्टहरू खुल्न थालेका छन्। तर, मानिसहरूबीच अनिवार्य दुई मिटरको दूरी कायम गर्नुपर्ने नियम बनाइएको छ।

पर्वतीय रेलमा यात्रा गर्दा मास्क अनिवार्य पहिरिनु पर्नेछ। तर, अब स्विट्जरल्यान्डको पहाडी शृंखलामा हिउँको मजा लिन अर्को हिउँद नै पर्खिनु पर्नेछ। मार्चमा वर्षिएको हिउँ पग्लिइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *