गण्डकी प्रदेशमा कोरोना भाइरसका १७ जना संक्रमित थपिए

0
137

गण्डकी प्रदेशमा कोरोना भाइरसका १७ जना संक्रमित थपिएका छन्।

थपिएका संक्रमितहरू स्याङ्जा, बाग्लुङ, कास्की, नवलपरासी बर्दघाट सुस्ता पूर्वका छन्।

स्याङ्जाको वालिङ नगरपालिकाका १६, १९, २३, २५, ३२, ४४, ५२ र ५४ वर्षका पुरुषमा कोरोना भाइरसको संक्रमण देखिएको छ। सोही जिल्लाको हरिनास गाउँपालिकाका १८ र ४० वर्षका पुरुषमा पनि संक्रमण पाइएको छ।

बाग्लुङको ताराखोला गाउँपालिका ३९ वर्षका पुरुष, कास्कीको रूपमा गाउँपालिकाका २३ र ३२ वर्षका पुरुष र पोखरा महानगरपालिकाका ५९ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ।

नवलपरासीको विनय त्रिवेणी गाउँपालिकाका १८, १९ र २७ वर्षका पुरुषमा पनि कोभिड(१९ पोजिटिभ पाइएको छ।

यससँगै गण्डकी प्रदेशमा कुल संक्रमित संख्या ७५ पुगेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here