विहान ११ः०० बजेसम्म दैनिक पसलहरु खुल्ने

काठमाडौं । सरकारले लकडाउन बढाउदै लगेको तर कर तिर्न निर्देशन जारी गरेपछि बिहीबार (भोलि) देखि विहान ११ः०० बजेसम्म दैनिक पसलहरु खुल्ने भएका छन । नेपाल राष्ट्रिय व्यवसायी महासंघले एक प्रेस विज्ञप्ति जारी गर्दै भोली देखि सवै पससलहरु खुला गर्ने निर्णय गरेको हो । नेपालमा अझै लामो समय यहिँ किसिमको लकडाउन जारी रहने हो भने उद्योगी–व्यवसायीहरु व्यवसायबाट पलायनमात्रै होइन रोजिरोटी नै गुम्ने खतरा देखिएकोले (भोलि) देखि विहान ११ः०० बजेसम्म दैनिक पसलहरु खुला गर्ने निर्णय गरेको नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले जानकारी दिए । उनले भने, ‘हामी कुनै रहरले नभई बाध्य भएर पसलहरु खुला गर्ने निर्णय गरेका हौं । हामी आफ्नो व्यवसाय खुला गरे पनि न्यूनतम् दूरी कायम गर्ने, माक्स तथा स्यानिटाइजर प्रयोग गर्ने लगायतका विश्व स्वास्थ्य संगठनल तथा नेपाल सरकारले तोकेको न्युनतम् मापदण्डको पालना गर्नेछौँ ।’

पसल व्यवसायहरु खुला गर्दा हामीलाई राज्यबाट बन्द गर्न दबाव आएको वाल वल प्रयोग गरिएको खण्डमा हामीले राज्यलाई तिर्ने कर, घर भाडा बैंकको ब्याजदर र कर्मचारीको तलव भत्ताको जिम्मा समेत सरकारले लिनुपर्ने महासंघले उललेख गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘७१ दिनदेखि जारी लकडाउनका कारण तमाम उद्योग–व्यवसायहरु ठप्प हुँदा घरभाडा, बैंकको ब्याजर/किस्ता, कर्मचारीको तलव भत्ता भुक्तानी गर्न समेत उद्योगी व्यवसायीहरुलाई समस्या परिहरेका बेला सरकारले कर तिर्न समेत ताकेता गरिरहेको अवस्था छ । तर लकडाउन खोल्ने विषयमा भने सरकारले कुनै तदारुकता देखाएको छैन । सरकारले उद्योगी–व्यवसायीहरुलाई राहत दिनु त कता हो कता करका लागि ताकेता गर्ने, बैंकले ब्याज बुझाउन फोन गर्ने, घरभाडा तिर्न ताकेता लगायतले हामी धेरै समस्यामा छौं ।’

मितिः २०७७ ।०२।२१

प्रेस विज्ञप्ती

७१ दिनदेखि जारी लकडाउनका कारण तमाम उद्योग–व्यवसायहरु ठप्प हुँदा घरभाडा, बैंकको ब्याजर÷किस्ता, कर्मचारीको तलव भत्ता भुक्तानी गर्न समेत उद्योगी व्यवसायीहरुलाई समस्या परिहरेका बेला सरकारले कर तिर्न समेत ताकेता गरिरहेको अवस्था छ । तर लकडाउन खोल्ने विषयमा भने सरकारले कुनै तदारुकता देखाएको छैन । सरकारले उद्योगी–व्यवसायीहरुलाई राहत दिनु त कता हो कता करका लागि ताकेता गर्ने, बैंकले ब्याज बुझाउन फोन गर्ने, घरभाडा तिर्न ताकेता लगायतले हामी धेरै समस्यामा छौं । नेपालमा अझै लामो समय यहिँ किसिमको लकडाउन जारी रहने हो भने उद्योगी–व्यवसायीहरु व्यवसायबाट पलायनमात्रै होइन रोजिरोटी नै गुम्ने खतरा देखिएको नेपाल राष्ट्रिय व्यवसायी महासंघले बिहीबार (भोलि) देखि विहान ११ः०० बजेसम्म दैनिक पसलहरु खुला गर्ने निर्णय गरेको व्यहोरा आम सञ्चारकर्मीहरुलाई जानकारी गराउन चाहान्छौं ।

हामी कुनै रहरले नभई बाध्य भएर पसलहरु खुला गर्ने निर्णय गरेका हौं । हामी आफ्नो व्यवसाय खुला गरे पनि न्यूनतम् दूरी कायम गर्ने, माक्स तथा स्यानिटाइजर प्रयोग गर्ने लगायतका विश्व स्वास्थ्य संगठनल तथा नेपाल सरकारले तोको न्युनतम् मापदण्डको पालना गर्नेछौँ । पसल व्यवसायहरु खुला गर्दा हामीलाई राज्यबाट बन्द गर्न दबाव आएको वाल वल प्रयोग गरिएको खण्डमा हामीले राज्यलाई तिर्ने कर, घर भाडा बैंकको ब्याजदर र कर्मचारीको तलव भत्ताको जिम्मा समेत सरकारले लिनुपर्ने विषय जानकारी गराउँदछौँ । ……………. ……………

अञ्जन शाक्य, महासचिव

नरेश कटुवाल, अध्यक्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *