दैलेखका एक युवाको क्वारेन्टाइनमै मृत्यु भएपछि चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली त्यसतर्फ प्रस्थान

0
158

जुम्ला । दैलेखका एक युवाको क्वारेन्टाइनमै कोरोनाका कारण मृत्यु भएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली आजबिहानै त्यसतर्फ प्रस्थान गरेको छ ।

प्रतिष्ठानले डाक्टरद्वय दिनेश शाही, डा।रोज्निम प्रधान र जनस्वास्थ्य विज्ञत्रय प्रेम पन्त, निशान्त लामा, प्रतिमा न्यौपानेसहितको टोली दैलेख प्रस्थान गरेको हो ।

शनिबार दुल्लु नगरपालिका ७ पटाङ्गिनी बजारस्थित नेपाल विद्युत प्राधिकरणको क्वारेन्टाइनमा बसेका ३५ वर्षीय युवाको कोरोनाका कारण मृत्यु भएको थियो । घटनापछि सो क्षेत्रमा कोरोना भाइरसको जोखिम बढ्न नदिन चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोली त्यसतर्फ पठाइएको प्रतिष्ठान जुम्लाका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए।

कर्णाली प्रदेश सरकारको समन्वयमा टोली दैलेख पठाइएको उनले बताए । “चिकित्सक एवं स्वास्थ्यकर्मीको टोली करिब एक महिनाका लागि दैलेख पठाइएको छ, रजिष्ट्रार काफ्लेले भने, “टोलीले त्यहाँको अस्पतालको निर्देशनमा खटाएको ठाउँमा समुदायस्तरमा पुगेर मेडिकल उपचारदेखि जनस्वास्थ्य सेवा प्रदान गर्नेछ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here