वरिष्ठ गीतकार रत्न शमशेर थापाको निधन

0
109

काठमाडौं– वरिष्ठ गीतकार रत्न शमशेर थापाको बिहिबार काठमाडौंमा निधन भएको छ ।

गीतकार थापाका पारिवारिक सदस्यका अनुसार थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा उहाँको निधन भएको हो ।

उहाँ ८३ वर्षको हुनु हुन्थ्यो ।

पछिल्लो समय उहाँ नशा सम्बन्धि रोगबाट पीडित हुनुहुन्थ्यो ।

गीतकार थापाले नेपाली सांगीतिक क्षेत्रलाई दर्जनौं कालजयी तथा लोकप्रिय गीतहरु दिनु भएको छ ।

घुम्तीमा नआऊ है आँखा तिमी जुधाउन, ए कान्छा ठट्टैमा, पन्छीमा राम्रो डाँफे, जाग लम्क चम्क हे जस्ता कालजयी तथा राष्ट्रभक्ति गीतका गीतकार थापा पछिल्लो अवधिमा अस्वस्थ हुनु हुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here