दुई महिना पछि सुनको मूल्य निर्धारण

0
149

विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस (कोभिड(१९) ले गर्दा विगत दुई महिनादेखि नतोकिएको सुनको मूल्य आजबाट निर्धारण हुन थालेको छ ।

यसअघि अर्थात मूल्य तोकिएको अन्तिम दिन चैत्र १० गते तोलाको ७७ हजार कायम रहेको सुनको मूल्य आज (बिहीबार) प्रतितोला ८६ हजार एक सय रुपैयाँ तोकेको कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने प्रतितोला ८ सय ९० रूपैयाँ कायम रहेको महासंघले बताएको छ ।

त्यस्तै, उक्त मूल्य नेपाली बजारमा हालसम्मकै उच्च रहेको छ । दुई महिनासम्म सुनको मूल्य नतोक्दा अन्योल भएकाले बुधबार सुनको नयाँ मूल्य निर्धारण गरिएको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here