कोरोनाका कारण थप १ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुर जिल्ला भैसेपाटी घर भएका ५१ वर्षीय पुरुष रहेका छन् । उनी कलेजोका बिरामी भइ किष्ट अस्पतालमा उपचार गराइरहेका थिए ।

उनको बुधवार(आज) दिउँसो ११ बजे मृत्यु भएको स्रोतले बताएको छ । उनको स्वाब कोरोना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा रिपोर्ट कोरोना पोजेटिभ आएको छ । मृतकको शव किष्ट अस्पतालमा नै रहेको अस्पताल स्रोतले जनाएको छ ।

यसअघि नेपालमा कोरोनाको कारण अन्य ४ जनाको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *