८० बर्ष यताकै भिषण बर्षासँगै आएको बाढीले ठुलो क्षति

पनौती आज दिउसो काभ्रेमा बर्षासँगै आएको बाढीले ठुलो क्षति गराएको बनेपा र पनौतीमा भएको भिषण बर्षासँगै पुन्यमाता खोलामा आएको बाढीले तीनवटा पुल बगाएको छ । केही घर डुवानमा परेका छन । सयौ रोपनीमा लगाएको बाली समेत बाढीले नष्ट गरेको छ ।

दिउसो अचानक आएको बाढीले पुन्यमाता नदीमा रहेका तीनवटा पुल बगाएको काभ्रे क्षेत्र नम्बर दुईका सांसद गोकुल बाँस्कोटाले जानकारी दिएका छन । उनका अनुसार बाढीले केही मानिसहरु रोशी खोलामा फसेका छन । राति भएका कारण उनीहरुलाई हेलिकप्टरवाट उद्दार गर्ने प्रयास गरेपनि सफल हुन सकेको छैन ।

बनेपा र पनौती विचको सयौं रोपनी खेतमा बाढी पसेको छ । बाढीले पनौतीको त्रिवेणीधाम क्षेत्रका केही र मन्दिर समेत डुवानमा पारेको छ ।

बाढीले पु¥याएको क्षतिको पुरा विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । स्थानीयले बुधबारको बर्षा र बाढीलाई ८० बर्ष यताकै भिषण भनेका छन ।

Photo:Hamro panauti page

Leave a Reply

Your email address will not be published. Required fields are marked *