गायक तथा संगीतकार मदन गोपालको देशभक्तिपूर्ण गीत ‘लिपुलेकको बाटो’ सार्वजनिक

काठमाडौं– म्यूजिक नेपालले गायक तथा संगीतकार मदन गोपालको देशभक्तिपूर्ण गीत ‘लिपुलेकको बाटो’ सार्वजनिक गरेको छ ।

गीतकार रमेश अधिकारीको रचना ‘लिपुलेकको बाटो’ म्यूजिक नेपालको आधिकारीक यूट्यूब च्यानलबाट सार्वजनिक भएको हो ।

उक्त गीतमा गोपालको आफ्नै स्वर र संगीत रहेको छ भने आरके श्रेष्ठले सहायक आवाज दिएका छन् ।

त्यस्तै उक्त गीतको साउण्ड प्रोडक्सन,मिक्सीङ र रेकर्ड शुसान्त गजुरेलले गरेका छन् ।

भिडियो हेर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *