नायिका वर्षा सिवाकोटीलाई नामले तनाव !!!

नायिका वर्षा सिवाकोटी र वर्षा राउतको नाम एउटै भएका कारण वर्षा राउतको लागि गरिएको कमेन्ट वर्षा सिवाकोटीलाई पुगेको छ । यसबाट छुटकारा पाउन उनले सोमबार आफ्नो आधिकारिक फेसबुक अकाउन्टमा म्यासेज पठाउन अघि नाम र थर हेर्न आग्रह गरेकी छिन् ।

उनले लेखेकी छिन्, ‘नमस्ते म वर्षा सिवाकोटी, धन्यवाद ! मेसेज पठाउनु र कमेन्ट गर्नुअघि नाम थर हेर्ने कष्ट गरिदिनु होला ।’

उनको यो पोस्टमा धेरैले कमेन्ट गरेका छन् ।

लेख कार्की नामका प्रयोगकर्ताले लेखेका छन्, ‘भनेपछि राउतको भागको प्रसाद सिवाकोटीको भागमा पर्यो ?’

यस्तै युवराज अर्यालले लेखेका छन्, ‘राउत भनेर गाली गरे क्या ? हो, नाम थर राम्रोसँग पढेर मात्र कमेन्ट गर्नुपर्छ, तपाईंले चैं सोचेर बोल्नुहुन्छ, गाली खानुहुन्न भन्ने लाग्छ ।’

यस्तै, अर्का प्रयोगकर्ता निश्चल घिमिरे लेख्छन्, ‘२÷४ दिनलाई नाम फेर गाह्रो छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *