काठमाडौं । गुगलले नेपालको नयाँ क्षेत्रफल देखाएको छ ।
नेपालले आधिकारिक रुपमा नेपालको भूभाग लिम्पियाधुरा, कालापनी र लिपुलेकसम्म भएको नक्शा सार्वजनिक गरेसँगै गुगलले नेपालको नयाँ क्षेत्रफल देखाएकोे हो ।
गुगलमा एरिया अफ नेपाल भनेर सर्च गर्दा १ लाख ४७ हजार ५१६ वर्ग्किलोमिटर क्षेत्रफल देखाउँछ ।
नेपालले गत बुधबार (वैशाख ७) मा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शा सार्वजनिक गरेको थियो ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालले उक्त नक्शा सार्वजनिक गरेकी थिइन् ।
नक्शामा नेपालको उत्तरी, पूर्वीय, पश्चिमी र दक्षिणी अन्तर्रा्ष्ट्रिय सीमासहित राजनीतिक र प्रशासनिक प्रबन्ध पनि समेटिएको छ ।
यसअघि जेठ ५ गते सोमबार बसेको मन्त्रिपरिषद बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शा पारित गर्दै सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
गत जेठ २ गते सरकारले नीति तथा कार्यक्रम संसदमा पेश गर्दा पनि भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत भूभाग समेटेर नयाँ नक्शा जारी गर्ने घोषणा गरेको थियो ।
यसअघि भारतले नेपालको लिपुलेक हुँदै चीनको मानसरोवर जाने सडक बनाएपछि सर्वत्र आक्रोश चुलिएको थियो ।
नेपाल सरकारले भारतको उक्त कदमप्रति आपत्ति जनाउँदै कूटनीतिक नोटसमेत पठाएको थियो ।