४ जना कोेरोना संक्रमित डिस्चार्ज

0
205

कोरोनाभाइरस ९कोभिड–१९० को रिपोर्ट नेगेटिभ आएपछि टेकुस्थित शहीद शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालबाट बुधबार ४ जना डिस्चार्ज भएका छन् ।

अस्पतालको आइसोलेसनमा भर्ना भएर उपचार गराएका ४ जना कोेरोना संक्रमितलाई डिस्चार्ज गरिएको अस्पताल निर्देशक डाक्टर सागर राजभण्डारीले बताए ।

४ जनाको दुई–दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले आज डिस्चार्ज गरेको हो ।

टेकु अस्पतालको आइसोलेसनमा कोरोना संक्रमित अब १ जनामात्रै रहेको निर्देशक राजभण्डरीले बताए ।

४ जनाकोरोना भाइसरमुक्त हुने मध्ये एक जना आरोग्य फाउन्डेशनकी कर्मचारी पनि हुन् । फाउन्डेशनकी ती कर्मचारी कर्मचारीलाई वैशाख ३१ गते कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो । योसँगै हालसम्म नेपालका विभिन्न अस्तालबाट कोरोनामुक्तभएर डिस्र्चाज हुनेको संख्या ४९ जना पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here