सुनसरीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि , कोरोना संक्रमितको संख्या ३७७

काठमाडौं / सुनसरीमा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सुनसरीको इटहरी उपमहानगरपालिका वडा नम्बर २ का एक जना १८ वर्षका पुरूष र सुनसरीको दक्षिणी भारतीय सिमावर्ती क्षेत्रमा खटिएका एक सशस्त्र प्रहरीमा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७७ पुगेको छ भने मृत्यु हुनेको संख्या २ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *